नियम ६४
सामूहिक सौदाबाजी समितिका सदस्य
(१) ऐनको दफा ११६ बमोजिम गठन हुने सामूहिक सौदाबाजी समितिमा सम्बन्धित प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको सङ्ख्याको आधारमा देहाय बमोजिमका सदस्यहरु रहने छन् :˗
(क)   बीस जनासम्म श्रमिक कार्यरत प्रतिष्ठानमा                     –तीन जना ,
(ख)   बीस जनाभन्दा बढी एक सय जनासम्म श्रमिक कार्यरत प्रतिष्ठानमा   –पाँच जना,
(ग)  एकसय भन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानमा प्रत्येक थप
पचास जना बराबर थप एक जनाको दरले बढीमा                      –एघार जना।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सामूहिक सौदाबाजी समितिमा रहने श्रमिकको नाम मनोनयन गर्दा प्रतिष्ठानमा कार्यरत श्रमिकको सङ्ख्या अनुसार बढीमा पाँचजना वैकल्पिक नाम समेत मनोनयन गरी पठाउनु पर्नेछ।
(३) सामूहिक सौदाबाजी समितिको सदस्य रहेको कुनै श्रमिक त्यस्तो समितिको बैठकमा उपस्थित हुन नसक्ने भएमा निजको सट्टा उपनियम (२) बमोजिमको कुनै वैकल्पिक सदस्यले त्यस्तो बैठकमा प्रतिनिधित्व गर्नेछ।